citizens life insurance long ad
stcnepal long ad

महालक्ष्मी लाइफ इन्स्योरेन्सको एजीएम बस्दै, आइपीओ निष्कासन गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी लाइफ को साधारण सभा आज फागुन ३ गते होटल ¥र्याडिसन लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ ।

सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने ५ जना सञ्चालकको लागि निर्वाचन गर्ने एजेन्डा छ ।

कम्पनीको रजिष्टर्ड कार्यालयलको ठेगाना परिवर्तन गर्ने र सोही बमाजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

IME Life
kumari