किसान लघुवित्तको अधिकांश सूचक मजबुत बन्दै
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा किसान लघुवित्तको अधिकांश सूचक मजबुत बन्दै गएका छन् । एनआरएन, किसान र दिव्य लघुवित्त एक आपसमा मर्जर भएर असार २९ गतेदेखि एकिकृत कारोबार भएकाले यस कम्पनी मजबुत बनेको हो ।
यसअवधिमा कम्पनीको खुद नाफा ७३१.३२% ले बढेर ३ करोड ७२ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ४४ लाख ७६ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।खुद ब्याज आम्दानी ३३९.१०% ले बढेर १७ करोड १० लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ३ करोड ८९ लाख ६५ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी कमाएको थियो ।
सञ्चालन नाफा ३ करोड ३२ लाख ६७ हजार रुपैयाँले बढेर ३ करोड ५७ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले २४ लाख ४४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । किसान लघुवित्तको खराब कर्जा भने ४।११५ ले बढेर ७.५०% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा ३.३९% थियो । प्रतिसेयर आम्दानी वार्षिक ९ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा छ ।
पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ८७.७६% ले बढेर ३९ करोड २८ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी २० करोड ९२ लाख रुपैयाँ थियो । जगेडा कोष पनि ११७७.५२% ले बढेर १० करोड ८० लाख ९१ हजार रुपैयाँ पुगेको छ । पहिले एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गरेको संस्थाले पछि नाम परिवर्तन गरेर किसान लघुवित्त बनाएको हो ।























