प्रभु इन्स्योरेन्स कम्पनीद्धारा लाभांश प्रस्ताव
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २७६/०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको ३८७ औँ बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।























