नेको इन्स्योरेन्सको नाफा ६०.२२%ले बढ्दा इपीएस कति ?
काठमाडौं । नेको इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६०.२२% ले बढेर २६ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १६ करोड ४७ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा बिमा कोषको आकार ३९.७०% ले बढेर ९६ करोड ३६ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष इन्स्योरेन्सको बिमा कोषमा ६८ करोड ९८ लाख १४ हजार रुपैयाँ रहेको थियो । खुद बिमा शुल्क पनि ३३.०२% ले बढेर ९४ करोड ४३ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसैअवधिमा यसले ७० करोड ९९ लाख २२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म यसले ४४ करोड १७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
भुक्तानी हुन बाँकी रकम ८८ लाख १२ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ६४ करोड ३२ लाख ४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ४० रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ छ ।























