citizens life insurance long ad
stcnepal long ad

साना किसान लघुवित्तको नाफा ५.२०% ले बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साना किसान लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा ५.२०% ले बढेर ३१ करोड ७३ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ३० करोड १७ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।

खुद ब्याज आम्दानी १२.३८% ले बढेर ६० करोड ५६ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ५३ करोड ८८ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि ३.३८% ले बढेर ४६ करोड १० लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले ४४ करोड ५९ लाख ६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

खराब कर्जा भने ०.३१% ले बढेर ०.९७% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा ०.६६% थियो । पुस मसान्तसम्म आइपुग्दा संस्थाको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ६३ पैसा छ । चुक्ता पुँजी १ अर्ब २५ करोड २ लाख ८६ हजार रुपैयाँ र जगेडा कोषमा २ अर्ब ८३ लाख १५ हजार रुपैयाँ छ ।

IME Life
kumari