citizens life insurance long ad
stcnepal long ad

आँधिखोला लघुवित्तको १ करोड ८० लाख रुपैयाँ खुद नाफा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश सूचकमा सुधार गरेको छ । कम्पनीले यो त्रैमासमा १ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा १०३.४५% धेरै हो । गत वर्ष आँधिखोलाले ८८ लाख ५६ हजार नाफा कमाएको थियो । कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढाएको छ ।

पुससम्ममा ३ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको आँधिखोलाले २ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष यसले ३ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा प्राप्त गरेको थियो । यसले हालसम्म ३३ करोड ६ लाख निक्षेप संकलन गरी ८९ करोड ५५ लख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ८७ लाख रुपैयाँ छ । यसको खराब कर्जा भने ४.४०% रहेको छ । गत वर्ष खराब कर्जा ४.६२% थियो । प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ४ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७३ पैसा छ ।

IME Life
kumari