सिभिल बैंकको ८% बोनस सेयर समायोजन
काठमाडौं । सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ८% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ २१५ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार बैंकको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य २३२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
सिभिल बैंकले फागुन ९ गते बस्ने साधारण सभाको लागि शुक्रबार माघ २३ गते बुक क्लोज गरेको छ । जसअनुसार बिहीबार माघ २२ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ८५ बोनस र करप्रयोजनको लागि ०।४२५ नगद लाभांश वितरण गर्न लागेको हो ।






















