नेप्से आज आठ दशमलव ३४ अङ्कले बढ्यो
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ३४ अङ्कले बढेको छ । आज बिहीबार नेप्से आठ दशमलव ३४ अङ्कले बढेर २४ सय ७५ दशमलव २६ विन्दुमा पुगेको हो ।
आज दुई सय एक कम्पनीका एक करोड ८७ लाख १९ हजार कित्ता शेयर सात अर्ब ६१ करोड ५० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर किनबेच भएको छ । पुनर्बीमा कम्पनीको शेयर किनबेच २७ करोड रुपैयाँभन्दा बढी भएको हो ।
१५ वटा कम्पनीको शेयरधनीले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । व्यापार समूहको शेयर एक सय ३१ अङ्कले, जलविद्युतको ३६ अङ्कले, उत्पादनको ८४, माइक्रोफाइनान्सको एक सय ४६ र निर्जीवन कम्पनीको शेयर ७८ अङ्कले बढेको छ । तर बैंक, होटल, फाइनान्स, जीवन बीमा र म्युचल फण्डको शेयर भने घटेको छ ।






















