सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज माघ २२ गते अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि माघ २३ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले गत वर्षको नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्दैछ । बैंकको साधारण सभा फागुन ९ गते बस्दैछ ।
सभा बैंकको केन्द्रिय कार्यालय सुन्धारा काठमाडौंमा भर्चुवल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा अघि सारिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।























