citizens life insurance long ad
stcnepal long ad

कामना सेवा विकास बैंकको १० लाख इकाई ऋणपत्र बिक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा ले आज माघ २२ गते देखि १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ । यसमध्ये ४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ९.५% ब्याज पाइनेछ ।

बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । लगानीकर्ताले माघ २६ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् ।

उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन पाइनेछ । ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

IME Life
kumari