सानिमा बैंकको १०% बोनस सेयर सूचीकरण
काठमाडौं । सानिमा बैंकको ८८ लाख १ हजार ३८० कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब १४ करोड ७४ लाख ६५ हजार रुपैयाँ नाफा गरेको थियो । पुस मसान्तसम्म सानिमाको वितरणयोग्य नाफा ८९ करोड २६ लाख ७ हजार रुपैयाँ छ ।


























