गायक आसुतोष राई र कला राईको आवाजमा ‘यति चोखो’ रिलिज
काठमाडौं । गायक तथा संगीतकार आसुतोष राई र कला राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । आज बुधबार गायक राईको आफ्नै शब्द तथा सुवास सर्जन राईको कम्पोज रहेको ‘यति चोखो’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।गायक राईको ‘जनम जनम–२’ एल्बममा समावेश गरिएको ‘यति चोखा’ गीतलाई फनिन्द्र राईले एरेञ्ज गरेका हुन् । गीतलाई दिपेश प्रधानले मिक्सिङरमास्टरिङ गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा विन्दा केसी र जनक योगी फिचर्ड छन् । गीतको भिडियोलाई अनिल कटवालले निर्देशन तथा सम्पादन गरेका हुन्, भने रन्धिर श्रेष्ठले छायाङ्कन गरेका हुन् ।























