citizens life insurance long ad
stcnepal long ad

नेपालको पहिलो र चर्चित हिपहप कार्यक्रम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको पहिलो र चर्चित हिपहप कार्यक्रम Bring Da House Down with NSK इमेज कार्यक्रम ९७.९ को वर्षगाँठको सुखद उपलक्ष्यमा एक भव्य कार्यक्रम सम्पन्न भएको छ । होटल लुनामा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यमा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले गरेका थिए ।

नेपालमा हिपहप संगीतलाई प्रवद्धन गर्नलाई अग्रणी भूमिका निर्वाह गरेका निर्णय श्रेष्ठ NSK ले निरन्तर रुपमा २२ वर्ष देखि उक्त कार्यक्रमलाई कुशल प्रस्तोताको रुपमा संचालन गर्दै आएका छन् । उनले Bring the House Down with NSK रेडियो कार्यक्रममा उदाउँदा हिपहप कलाकारहरलाई स्थान दिँदै आएका छन् । उक्त कार्यक्रममा निर्णय श्रेष्ठ NSK प्रशान्त मिस्ट, नेपाल हिपहप फाउन्डेशन, सिक ज्याम, ग्रोथिति, रयाप कनेक्ट, मिस्टर स्पेस्ली, नेपाल विस्ट, प्रतिक, भरत सामरीले आफ्ना प्रस्तुतिद्वारा मनोरञ्जन दिएका थिए ।
ठूला ठूला महल होइन सिप सिकाउने झुपडी देऊ बोलको चर्चित गीत आफ्नो सम्बोधन पश्चात गीत गाएका विश्व कीर्तिमान राज्यमन्त्री रामबीर मानन्धरले उपस्थित सबैलाई गीत गाएर भावुक बनाएका थिए ।
नेवारीमा प्रख्यात “राजामती कुमती गीतको बोल” बेलायतकि रानी एलिजावेथ नेपाल आगमन हुँदाका वखत सिंहदरवार प्रवेश गर्दा नेपालकै राष्ट्रिय गानको रुपमा स्थापित भएको कुरा राख्दै आफ्नो सुनौलो इतिहासका पानाहरु मन्त्री मानन्धरले कार्यक्रममा पल्टाएर आफ्नो मौलिक संगीतलाई अँगाल्दै हिपहपलाई प्रवद्धन गर्नुपर्ने र इतिहासलाई सँधै हृदयमा राखि अघि बढनु पर्ने बताए ।
नेपालकै पहिलो हिपहप कार्यक्रम Bring Da’ House Down with NSK को २२ औं वर्ष गाँठको कार्यक्रम बीच निर्णय श्रेष्ठ NSK लाई शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर एवं वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्यापटरका अध्यक्ष सागर कटवालद्वारा वल्र्ड बुक अफ रेकर्डस्को एक्सक्लुसिभ अनरको सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

इमेज ग्रुपको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाँइको स्वागत मन्तव्यद्वारा शुभारम्भ भएको कार्यक्रममा २२ औं वर्ष सम्म आइपुग्दा Bring Da’ House Down with NSK कार्यक्रमलाई सफल बनाउन उल्लेख्य भूमिका निर्वाह गरेका प्राविधिक, कलाकार, प्रयोजक एवं सहयोगी हातहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । साथै उक्त कार्यक्रममा उल्लेखनीय योगदान पु¥याए वापत राज्यमन्त्री रामबीर मानन्धर र इमेज च्यानलका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईले वरिष्ठ फोटो पत्रकार, वरिष्ठ गीतकार हरि गोपाल प्रधानलाई विशेष सम्मान गरेका थिए ।

IME Life
kumari