सेन्ट्रल फाइनान्सको १४औँ शाखा जनकपुरधाममा
काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडले धनुषाको जनकपुरधाममा चौधौँ शाखा बिस्तार गरेको छ । उक्त शाखाको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले उद्घाटन गरेका हुन् । संस्थाको वित्तीय पहुँच बढाउन जनकपुर क्षेत्रका ग्राहकहरुलाई सर्वसुलभ बैंकिङ सेवाहरु प्रदान गर्ने उद्देश्यले एटीएम सहितको उक्त शाखा खोलेको हो ।
शाखा सञ्जाल र कार्य क्षेत्र बिस्तार गर्ने योजना अनुसार झापाको बिर्तामोड, सुनसरीको इटहरी र पर्साको वीरगञ्जमा थप शाखा बिस्तार गर्न लागेको सीईओ रजोजमान श्रेष्ठले बताए ।



















