जीवन बीमा व्यवसाय ३२ प्रतिशतभन्दा बढिले बढ्यो
काठमाडौं । कोरोना भाइरसका महामारीका बीच पनि चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महीनामा बीमाशुल्क संकलन ३२ दशमलव १२ प्रतिशतले बढेको छ । कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले गत चैतदेखि असाररसाउनसम्म नै जीवन बीमा व्यवसाय प्रभावित भएको थियो । तर, चालू आवको पुस मसान्तसम्म आउँदा जीवन बीमा व्यवसायमा उच्च सुधार देखिएको छ ।
बीमा समितिबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल नेपाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । समितिका अनुसार पुस मसान्तसम्म उनीहरूले रू. ६२ अर्ब ८५ करोड बीमाशुल्क संकलन गरेका छन् । गत आवमा उनीहरूले ४७ अर्ब ५७ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका थिए ।
कुल बीमाशुल्कमध्ये रू. २१ अर्ब ४ करोड प्रथम बीमाशुल्क ९बीमा गर्दा पहिलोपटक बुझाइने किस्ता० रहेको छ । समितिका अनुसार प्रथम बीमाशुल्क संकलन भने ३७ दशमलव ५१ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा रू।.१५ करोड ३० लाख प्रथम बीमाशुल्क संकलन भएको थियो । आर्थिक अभियान दैनिकबाट ।























