प्राइम बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
यसमध्ये १४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २१ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । प्राइम कमर्सियल बैंकले८ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ८.७५% ब्याजदर दिने बैंकले जनाएको छ । यसमा आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ ।






















