एनसीसी बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं । एनसीसी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ ।
यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर पाइनेछ । बैैंकले १० बर्ष अवधिको एनसीसी ऋणपत्र–२०८६ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ ।
एनसीसीको यो ऋणपत्रमा रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो ।























