डिजिटल माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकले नयाँ सेवा सुरु गर्ने
काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले आफु डिजिटल माध्यमबाट नयाँ सेवा सुरु गर्ने भएको छ । ५६ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा बैंकले नीजि बैंकहरुसँग प्रतिस्पर्धामा उत्रिन बैंकले डिजिटल माध्यमलाई प्राथमिकता दिने जनाएको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले देश विदेशमा रहेका नेपालीमाझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा बैंक रहेको बताए ।
पछिल्लो समय बैंकले गाउँ गाउँमा वित्तिय पहुँच पु¥याउन राष्ट्रिय वाणिज्य बैंक डिजिटल प्रणालीमार्फत् क्यासलेस ट्रान्जेक्शनलाई बढी प्राथमिकता दिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड क्रमशः डिजिटल माध्यममा प्रवेश गरिरहेको छ । बजारमा प्रतिस्पर्धामा उत्रिन डिजिटल माध्यमबाट नयाँ नयाँ सेवा सुविधा दिनुपर्नेमा आफ्नो ध्यान गएको राष्ट्रिय वाणिज्य बैंकले बताएको छ ।























