एसबीआई बैंकले सेयरधनीको बैंक खातामा पठाउन थाल्यो नगद लाभांश
काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्ना सेयरधनीलाई आज माघ ५ गते सोमबार बाट नगद लाभांश खातामा पठाउने सुरु गरेको छ । पुस २८ गते सभा सम्पन्न गरेको एसबीआईले लगत्तै लाभांश खातामा पठाउन लागेको हो । बैंकले आइपीएस कनेक्ट मार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ३.४७% नगद लाभांश जम्मा गर्न थालेको हो ।
यता, हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि भनिएको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । बैंकको सभाले गत वर्षको नाफाबाट ६% बोनस र ३.४७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


























