stcnepal long ad
ime life insurance
national life
global ime bank long

ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध, आजै नेपाल राष्ट्र बैंकका गभर्नरबाट सपथ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आईएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । आज पुस २९ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले बैंकको अध्यक्षमा ढकाललाई निर्विरोध चयन गरेको हो ।

उक्त साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।

अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेको छन् ।

नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराएका छन् ।

IME Lifesidebar
kumari