citizens life insurance long ad
stcnepal long ad

नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये १४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २१ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ ।

बैंकले १० वर्ष अवधिको नेपाल बैंक डिबेन्चर “२०८७”नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्ने छ ।

IME Life
kumari