नेपाल बंगलादेश बैंकको वार्षिक साधारण सभा आज
काठमाडौं । नेपाल बंगलादेश बैंकको वार्षिक साधारण सभा आज पुस २६ गते आइतबार बस्दैछ । २६औं वार्षिक साधारण सभा बिहान ११: ३० बजे भर्चुअल मध्यमबाट सुरु हुनेछ ।
बैंकले गत वर्षको नाफाबाट ६% बोनस सेयर र कर सहित २.४२% नगद लाभांश गरी कुल ८.४२% लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ ।
साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० गते एकदिन बुक क्लोज गरेको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।






















