citizens life insurance long ad
stcnepal long ad

सनराइज बैंकको वार्षिक साधारण सभा आज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंकको वार्षिक साधारण सभा आज  पुस २४ गते शुक्रबार हुँदैछ । सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजेदेखि बजेबाट सुरु हुँदैछ । कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र सेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकोले अधिकाधिक सेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सभामा बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट प्रस्ताव गरेको ५.८०% बोनस र कर सहित २.४८% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । साथै, मर्ज तथा एक्विजीसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् ।  सभा प्रयोजनको लागि बैंकले पुस ७ गते बुक क्लोज गरिसकेको छ । पुस ६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

IME Life
kumari