खल्ती डिजिटल वालेटबाट २० रिचार्ज गर्दा आइफोन १२ जित्ने मौका
काठमाडौं । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्यक्तिहरूका लागि “खल्तीमा आइफोन १२” अभियान मार्फत आइफोन १२ जित्ने अवसर ल्याएको छ । यस अभियान अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले बम्पर उपहारमा आइफोन १२ जित्न सक्ने छन्।
खल्तीले आफ्नो भाईबर स्टिकरको लन्च अन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जोडिने ग्राहकहरूका लागि यो योजना ल्याएको हो । उक्त योजनामा सहभागी हुने हरूमध्य बम्पर उपहारमा एक जनाले आइफोन १२ उपहार स्वरुप पाउने छन् भने धेरै जनाले साप्ताहिक, मासिक उपहारहरु पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।
यस योजनामा सहभागीहुन खल्तीको भाइबर कम्युनिटीमा जोडिएपछि वेवसाइट प्ज Khalti.com वा खल्ती मोबाइल एपको होमस्क्रिन मा रहेको खल्ती ‘बजार’ मा गइ “‘खल्तीमा आइफोन १२” क्याम्पेनमा गएर २० रुपैयाँ भुक्तानी गरी रिचार्ज गर्नपर्ने छ । विजेताको घोषणा योजना सकिएको ७ दिनपछि फेसबुक लाईभमा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएको छ ।























