वायु प्रदूषणलाई मध्यनजर गर्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन मर्निङ वाकका लागि समेत नजान आग्रह गरेको छ ।काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै मन्त्रालयले सो अपिल गरेको हो ।
केही दिनदेखि मौसममा आएको परिवतनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले स्वास्थ्यमा आउन सक्ने कठिनाइबाट जोगाउनका लागि सचेत गराउन यसबारे मंगलबार साँझ मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।
मन्त्रालयले विज्ञप्तिमा श्वासप्रश्वासमा कठिनाई लगायत विविध समस्या आउन सक्ने उल्लेख गरेको छ । सकेसम्म घरबाहिर ननिस्कन मन्त्रालयले अपिल गरेको छ । यस्तै विज्ञप्ति मार्फत अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र धूलोधुवाँ उड्ने खालका पेसा व्यवसाय केही दिनका रोक्न अपिल गरिएको छ ।

























