stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालीलाई डलरमा खाता खोल्न पाउने नियम बन्दै, बार्षिक ५०० डलरको क्रेडिट कार्ड बोक्न पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हालसम्म बिना कुनै कारण नेपाली नागरिकलाई विदेशी डलरमा खाता खोल्न पाउने व्यवस्था छैन । लगानी, खाता सञ्चालन र विदेश भ्रमणका आधारमा मात्रै विदेशी डलरमा खाता खोल्ने अनुमति दिँदै आएका बैंकहरुले अब जोसुकै सर्वसाधारणलाई पनि विदेशी डलरमा खाता खोल्न पाउने गरी नेपाल राष्ट्र बैंकले विद्यमान कानुनहरु संशोधन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक वर्षमा पाँच सय डलरसम्मको बस्तु तथा सेवा नेपालमै बसेर अनलाईनको माध्यमबाट खरिद गर्न सक्ने र त्यसको लागि क्रेडिट कार्ड लिन पाउने सुविधा सहितको नयाँ व्यवस्था लागू गर्ने सम्बन्धमा तयारी गरेको छ । कन्द्रीय बैंकले सो कार्यको लागि आवश्यक सुझाव समेत पेश गर्न सरोकारवालाहरुलाई आह्वान गरेको छ ।

केन्द्रीय बैंकले सबै सर्वसाधारणले विदेशी मुद्रामा क्रेडिट कार्ड लिन पाउने गरी व्यवस्था गर्न लागेको जनाएको छ । केन्द्रीय बैंकले सम्बन्धित दिनको बिनिमय दरका आधारमा अधिकतम ५ सय डलर वा सो बराबरको विदेशी मुद्रा जम्मा गर्न सक्ने व्यवस्था लागू गर्ने प्रक्रिया अघि बढाएको छ ।

अनलाईनबाट बस्तु तथा सेवा खरिद तथा डलरमा खाता सञ्चालन गर्नको लागि स्थायी लेखा नम्बर पान अनिवार्य गरिने तयारी भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले डिजिटल हुण्डी निरुत्साहित गर्न र डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । यद्यपि यसले हुण्डी रोक्ने हो वा अन्धाधुन्द आयात बृद्धि हुने हो भन्नेबारेमा अहिले नै भन्न सकिने अवस्था छैन ।

IME Lifesidebar
kumari