stcnepal long ad
ime life insurance
national life
global ime bank long

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेविसंघका १७ जना नेता–कार्यकर्ता पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै विरोधमा उत्रिएका नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ ) का १७ नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जानकारी दियो ।

उनीहरुले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको भन्दै विरोध गरेका थिए । नेपालको आन्तरिक मामिलामा चीनको अनावश्यक हस्तक्षेप बढेको भन्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले चीन विरोधी नारा लगाएका थिए ।

प्रदर्शनमा उत्रिएकाहरू नेविसंघका कार्यकर्ता भए पनि प्रदर्शनको क्रममा नेविसंघको झण्डा, पर्चा केही पनि प्रयोग नगरेको बताइएको छ ।

सत्तारूढ नेकपाको आन्तरिक विवादसँगै संसद् विघटन लगायतका राजनीतिक घटना बढिरहेको बेला नेकपा मिलाउन चिनियाँ टोली नेपाल आएर नेकपा मिलाउन कस्सिएको छ ।

 

IME Lifesidebar
kumari