citizens life insurance long ad
stcnepal long ad

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेविसंघका १७ जना नेता–कार्यकर्ता पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै विरोधमा उत्रिएका नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ ) का १७ नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जानकारी दियो ।

उनीहरुले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको भन्दै विरोध गरेका थिए । नेपालको आन्तरिक मामिलामा चीनको अनावश्यक हस्तक्षेप बढेको भन्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले चीन विरोधी नारा लगाएका थिए ।

प्रदर्शनमा उत्रिएकाहरू नेविसंघका कार्यकर्ता भए पनि प्रदर्शनको क्रममा नेविसंघको झण्डा, पर्चा केही पनि प्रयोग नगरेको बताइएको छ ।

सत्तारूढ नेकपाको आन्तरिक विवादसँगै संसद् विघटन लगायतका राजनीतिक घटना बढिरहेको बेला नेकपा मिलाउन चिनियाँ टोली नेपाल आएर नेकपा मिलाउन कस्सिएको छ ।

 

IME Life
kumari