नबिल बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । नबिल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ३३.५०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
समायोजनपछिको भाउ १०३८ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर बुधबार यसको सेयर कारोबार खुल्नेछ । नेप्सेले मंगलबार अन्तिम कारोबार मूल्य १३८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।






















