stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल बैंकको १६%लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकको १६% लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । बैंकले पुस २९ गते बस्ने वार्षिक साधारण सभामा १२% बोनस सेयर र ४% नगद गरी कुल १६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

जसका लागि  पुस १६ गते बिहीबार बुक क्लोज हुने भएकाले पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सभामा सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । साधारण सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ । हाल नेपाल बैंकको चुक्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ छ । प्रस्तावित लाभांश वितरणपछि पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ पुग्नेछ ।

IME Lifesidebar
kumari