citizens life insurance long ad
stcnepal long ad

वोमी लघुवित्तको ३०% बोनस पाउन सेयरधनी बन्ने आज अन्तिम मौका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको ३०%बोनस सेयर सुरक्षित गर्न सेयरधनी बन्ने आज पुस १४ गते मंगलबार अन्तिम दिन हो । कम्पनीले पुस २८ गते बस्ने वार्षिक साधारण सभामा ३०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

सभा गर्न बुधबार पुस १५ गते बुक क्लोज हुने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् । तर मर्जर प्रक्रियामा रहेकाले हाल वोमीको दोस्रो बजारमा सेयर कारोबार रोक्का छ ।

सभामा वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त एक–आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभामार्फत मर्जर समितिले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित हुनेछ ।

यस्तै, प्रस्तावित बोनस सेयर र ग्रमीण स्वयंसेवक गाभिएपछि वृद्धि हुने जारी तथा चुक्ता पुँजी अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ । हाल वोमीको चुक्ता पुँजी २७ करोड ७८ लाख ४८ हजार रुपैयाँ छ ।

बोनस वितरणपछि पुँजी ३६ करोड १२ लाख २ हजार ४०० रुपैयाँ पुग्नेछ । सभा बनेपा नगरपालिकाको साँगास्थित लहरी खर्क पार्टि प्यालेसमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Life
kumari