citizens life insurance long ad
stcnepal long ad

ललितपुरको मंगलबजारमा नेपाल इन्भेस्टमेन्ट बैंकको २० औं एक्सटेन्सन काउन्टर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको मंगलबजारमा २० औं एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गरेको छ ।

एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरेका थिए । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना ८३ शाखाहरु, १२६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यस बाहेक, इक्रा नेपाल ९अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल० ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

IME Life
kumari