मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम
काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज पुस १२ गते आइतबार अन्तिम दिन हो । बैंकले ११.२५% बोनस सेयर र कर प्रयोजनको लागि ४.२६% नगद लाभांश गरी कुल १५.५१% लाभांश वितरण गर्दैछ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।
मुक्तिनाथको साधारण सभा पुस २५ गते हुने भएको छ । १४औं वार्षिक साधारण सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पार्दी पोखरामा सुरु हुनेछ ।
कोरोनाका कारण सेयरधनीलाई भर्चुअल रुपमा सभामा उपस्थित गराउने बैंकले जनाएको छ । साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् ।






















