पुस २९ गतेदेखि नागरिक लगानी कोषको हकप्रद सेयर खुल्ने
काठमाडौं । पुस २९ गतेदेखि नागरिक लगानी कोषले ८२.८४% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कोषले १ः०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।
प्रतिकित्ता १०० रुपैयाँको दरले यो हकप्रद सेयर भर्न सकिने छ । यो हकप्रद सेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कोषले हकप्रद सेयर जारी गर्न पुस १४ गते बुक क्लोज गर्ने भएको छ । पुस १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
सि–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसमा निष्काशन तथा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडले गरेको छ । हाल नागरिक लगानी कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी ३ अर्ब पुग्नेछ ।
कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ५९ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ छ ।






















