stcnepal long ad
ime life insurance
national life
global ime bank long

राजस्व छली गर्ने पाँच फर्म विरुद्ध मुद्दा दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले विभिन्न फर्मलाई तीन वटा मुद्दा दायर गरेको छ। विभागले मुख्य कूल १९ करोड ९६ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

विभागले ललितपुर सानेपा स्थित कविला सप्लायर्स सेन्टरका किशोर चौधरी, शिवम प्याकेजिङ एण्ड सप्लायर्सका सीतादेवी जयसवाल तथा काठमाडौँ काँडाघारीको जयश्री गौतम सप्लायर्सका मुकेशप्रसाद चौधरी विरुद्ध मुद्दा दायर गरेको छ।

विभागले किशोर विरुद्ध  २ करोड १४ लाख ३० हजार २३८ रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै जयसवालसँग ५ करोड ८८ लाख ६५ हजार ९१९ रुपैयाँ बिगो दाबी गरेको छ।

यस्तै मुकेश विरुद्ध विभागले ५ करोड ३२ लाख १६ हजार १६८ रुपैयाँ बिगो दाबी गरेको छ। तीन फर्म विरुद्ध १३ करोड ३५ लाख १२ हजार ३४५ रुपैयाँ बिगो दाबी विभागले गरेको छ । तीन वटै फर्मलाई आयकर छलीमा पनि मुद्दा चलाइएको छ ।

यस्तै झुट्टा विजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा विभागले बाराको शिवम ट्रेडर्स एण्ड सप्लायर्स विरुद्ध पनि ४ करोड ७९ लाख ६९ हजार ४४७ रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको छ।

यस्तै राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गरी राजस्व छली गरेको अभियोगमा विभागले कास्कीको अनुष्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिमल्सिना सहित तीन जना विरुद्ध मुद्दा दायर गरेको छ। कूल १ करोड ८२ लाख ५३ हजार ४६१ रुपैयाँ बिगो दाबी विभागले गरेको छ।

IME Lifesidebar
kumari