stcnepal long ad
ime life insurance
national life
global ime bank long

आगामी पुस १४ गतेदेखि बीमा समितिका अध्यक्ष चापागाई बिदामा बस्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई आगामी पुस १४ गतेदेखि बिदामा बस्ने भएका छन् । अध्यक्ष चापागाई पुस १३ गते अन्तिम दिन काम गरेर बिदा हुन लागेको हुन् ।

अध्यक्ष चापागाईको कार्यकाल आगामी पुस २३ गतेसम्म भएपनि कार्यकाल सकिनु एक साता अघि नै बिदामा बस्न लागेका हुन् ।

अध्यक्ष चापागाईले एक साताअघिदेखि नै बिदामा बस्ने निर्णय गरेको जानकारी दिए । बार्षिक बिदा समेत बाँकी भएको र अन्तिम अवस्थामा महत्वपूर्ण निर्णय नगर्ने भन्ने उद्देश्यले बिदामा बस्न लागेको जानकारी दिए ।

२०७३ साल पुस १४ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार बीमा समितिको अध्यक्षमा नियुक्त भएका चापागाईको चार वर्षे कार्यकाल सकिएको छ । बीमा समितिमा पुस १३ गते नै बिदाई गर्ने तयारी गरिएको छ ।

IME Lifesidebar
kumari