citizens life insurance long ad
stcnepal long ad

एनएनबि बैंकको २५औं वार्षिक साधारणसभा पुस २९ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएनबि बैंकले आगामी पुस २९ गते बुधबार वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले लाभांश पारित गर्न सो दिन आफ्नो २५औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले प्रस्तावित १६.२० प्रतिशत लाभांश पारित गर्दै छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ३.२० प्रतिशत नगद लाभांश (कर सहित) गरी सो मात्राको प्रस्ताव गरेको थियो ।

वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बैंकको आगामी पुस १६ गते बुक क्लोज हुने भएको छ । यससँगै, पुस १५ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनुका साथै कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउने छन् । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

IME Life
kumari