stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्पोर्ट्स अवार्डलाई टर्किस एयरलाईन्सको साथ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा टर्किस एयरलाइन्स जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने घरेलु खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्डलाई टर्किस एयरलाइन्सले सह प्रायोजकको रुपमा साथ दिने भएको हो । यस वर्ष हुने १७ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड आगामी पुस २८ गते आयोजना हुदैछ ।

आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाईन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार प्रायोजन सम्बन्धि सम्झैता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सह­ प्रायोजकको रुपमा टर्किस एयरलाइन्सले वर्षको पुरुष तथा महिला खेलाडीलाई एयरलाइन्सको सो भएको कुनैपनि गन्तब्यको ५ लाख रुपैयाँ बराबरको दुईतर्फी ह्वाई टिकट उपलब्ध गराउनेछ ।

एयरलाइन्सले आयोजक संस्थाका सदस्यलाई एक वर्ष कायम रहने गरि हवाई टिकटमा १० प्रतिशत छुट दिने समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ । मञ्चले आयोजकको रुपमा एयरलाइन्सको नाम, लोगो प्रोमो र ब्रान्डको अवार्डको दौरान सक्दो प्रचार गर्नेछ ।

घरेलु खेलकुदकै प्रतिष्ठित अवार्ड मानिएको पल्सर स्पोर्ट्स अवार्डमा यस वर्ष समेत विभिन्न १० विधाका खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिने भएको छ । आयोजकले अघिल्लो हप्तामात्र पिपल्स च्वाईस विधाको मनोनयन सार्वजनीक गरेको थियो ।

पिपल्स च्वाइसमा पौडीकी गौरिका सिंह, करातको मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदीना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छिन् । मनोनयनमा परेका खेलाडीलाई ई­ सेवाको एप डाउनलोड गरेर भोट गर्न सकिनेछ ।

यस पटक समेत पिपल्स च्वाई सहित वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा पुरस्कृत गरिनेछ ।

यस्तै, लाईफाटाईम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्ड सहित खेलकर्मीलाई सम्मानित गरिने आयोजक संस्थाले जनाएको छ ।

IME Lifesidebar
kumari