कृषि विकास बैंकको वार्षिक साधारण सभा पुस २९ गते
काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारण सभा पुस २९ गते बस्ने भएको छ । बैंकले सभामा साधारण सेयरधनीलाई १५५ बोनस सेयर र कर तिर्न ०.७८९५% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश गर्नेछ । यस्तै, अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।
साथै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
सभा कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र, बोडे भक्तपुरमा बिहान ११ बजे बस्नेछ । बैंकले भर्चुअल माध्यमबाट सभामा उपस्थित हुन आग्रह गरेको छ ।
सभा गर्न बैंकले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।


























