citizens life insurance long ad
stcnepal long ad

निर्यात १०.८%ले बढ्दा आयात १०.६% ले घट्यो, यस्तो छ देशको वर्तमान आर्थिक स्थिति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पहिलो ४ महिनामा कुल वस्तु निर्यात १०.८% ले बढेर ४० अर्ब २० करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात २३.९% ले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १४.९%र ६.५% ले निर्यात वृद्धि भएको छ ।

तर, चीनतर्फ भने ५९.२% ले निर्यात घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो ९पोलिष्टर तथा अन्य०, चाउचाउ, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।

यता, आर्थिक वर्ष २०७७/०७८ को पहिलो ४ महिनामा कुल वस्तु आयात १०.६% ले घटेर ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६.९% ले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.१%, २५.०% र १९.८% ले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, उपचारका साधन र पाटपुर्जा लगायतका वस्तुको आयात बढेको छ ।

पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

IME Life
kumari