citizens life insurance long ad
stcnepal long ad

देशवासीका नाममा ३ बजे सम्बोधन गर्दै प्रधानमन्त्री ओली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रतिनिधिसभा विघटन भएको विषम परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले सोमबार अपराह्न ३ बजे सरकारी टेलिभिजन मार्फत् देशवासीको नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

संघीय संसद विघटन गरेर २०७८ को वैशाखमा निर्वाचन घोषणा गर्नुभएका प्रधानमन्त्रीले संसद विघटन गर्नुको कारणबारे जनतासामु प्रस्ट पार्न देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार बिहानैदेखि आफूनिकट सांसदहरूलाइ बालुवाटारमा भेला गराएर छलफल गरिरहनु भएको छ।

IME Life
kumari