पुस २६ गते नेपाल बंगलादेश बैंकको वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल बंगलादेश बैंकले पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । २६औं वार्षिक साधारण सभा बिहान ११.३० बजे भर्चुअल मध्यमबाट सुरु गर्ने बैंकले जनाएको छ ।
तसर्थ, बैंकले साधारण गर्ने स्थानको बारेमा सेयरधनीलाई जानकारी दिएको छैन । कोरोनाका कारण सेयरधनीलाई भर्चुअल रुपमा सभामा उपस्थित गराउने बैंकले जनाएको छ । बैंकले सभामा ६% बोनस सेयर र कर सहित २४२% नगद लाभांश गरी कुल ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० गते एकदिन बुक क्लोज गर्ने भएको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।


























