citizens life insurance long ad
stcnepal long ad

५० जना कोरोना बीमितलाई दावी भुक्तानी नदिने निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना बीमा दावीका लागि पेश भएका कागजात मध्ये ५० जनाले दोहोरो दावी भुक्तानी माग गरेकोले उनीहरुको दोहोरो दावी भुक्तानी नदिने बीमा पुलले निर्णय गरेको छ ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले कोरोना बीमाको दावी भुक्तानी एउटा कम्पनीबाट माग गरेपछि पुनः अर्को कम्पनीबाट माग गरेमा त्यस्तो दावी भुक्तानी नहुने प्रष्ट पार्दै कोरोना बीमाको पिसिआर पोजेटिभ रिपोर्ट पेश गरी ५० जनाले दोहोरो दावी भुक्तानी माग गरेको बताए ।

बीमा पुलले उल्लेखित दोहोरो दावी भुक्तानी माग गर्ने ५० जनाको दावी भुक्तानी नदिने निर्णय गरेको जनाएको छ । त्यस्तै, स्वास्थ्य सेवा विभाग मातहतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा दुई हजार ५५४ जना बीमितको फाईल प्रमाणिकरण हुन नसकी रोकिएको बीमा समितिले जनाएको छ ।

उनीहरुको पिसिआर पोजेटिभ रिपोर्ट विभिन्न कारण कैफियत देखिएको र सो सम्बन्धमा समन्वय भइरहेको बीमा पुलले जनाएको छ ।

IME Life
kumari