stcnepal long ad
ime life insurance
national life
global ime bank long

बिना इजाजत औषधि ओसारपसारमा संलग्न ८ जना पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चितवन । माडी नगरपालिका–९ स्थित सोमेश्वरबाट बिना इजाजत करिब २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कालिका नगरपालिका–४ बस्ने २८ वर्षीय राज कुमार महत्तो, माडी नगरपालिका–३ बघौडा बस्ने २२ वर्षीय बालकृष्ण महत्तो, सोही ठाउँ बस्ने २२ वर्षीय मिलन महत्तो, कालिका नगरपालिका–३ बस्ने ३१ वर्षीय हरिशरण चौधरी, मकवानपुर गढी गाउँपालिका–८ बस्ने २५ वर्षीय सुरज गौतम, सोही गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रकाश दाहाल, मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय उज्वल पोख्रेल र सोही उपमहानगरपालिका–२३ बस्ने २३ वर्षीय बिपिन सापकोटा रहेका छन् ।

ठोरीबाट माडीतर्फ आउँदै गरेको ना.४ ख ४४२५ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार राजकुमार महत्तोले बसको डिकीमा बोरामा राखी ल्याएको विभिन्न किसिमको औषधि फेला पारेको थियो ।

थप अनुसन्धानको क्रममा बालकृष्ण र मिलनको घरबाट लुकाई राखेको विभिन्न किसिमका औषधि फेला पारी औषधि ओसारपसारमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै माडी नगरपालिका–९ बगही खोलाको किनारको झाडीमा वेवारीसे अवस्थामा रहेका करिब ९ लाख ९५ हजार १ सय रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका औषधिहरू समेत ईलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरीले बुधबार बिहान फेला पारी बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई बरामद औषधि सहित थप अनुसन्धान तथा कारवाहीको लागि औषधि व्यवस्था विभागमा पठाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

IME Lifesidebar
kumari