पुस २७ गते एभरेष्ट बैंकको वार्षिक साधारण सभा
काठमाडौं । एभरेष्ट बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले सभामा ५% बोनस सेयर र ५.५३% नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० देखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
हाल एभरेष्ट बैंकको चुक्ता पुँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ २२३ रुपैयाँ ३२ पैसा छ ।






















