कोरोनाको मारमा फ्रान्स : दोस्रो चरणको लकडाउन हटाएर कर्फ्यू सुरु
एजेन्सी । फ्रान्समा दोस्रो चरणको लकडाउन हटाएर रात्रिकालिन कर्फ्यू सुरु गरिएको छ । फ्रान्सले देशव्यापी रुपमा चलिरहेको लकडाउन हटाएर पुनः कर्फ्यू सुरु गरेको हो ।
फान्सको समय अनुसार राति ८ बजेदेखि बिहान ६ बजेसम्म स्थानीय अधिकारीको अनुमति बिना कोही पनि घरबाट निस्कन पाउने छैनन् । बार र रेष्टुरेन्ट भने कम्तिमा जनावरी २० सम्म बन्द नै रहने छ ।
यस्तै घरबाहिर निस्कनको लागि औपचारिक पुष्टि गर्न प्रिन्ट वा डाउनलोड गरिएका कागजपत्र आवश्यक पर्ने छैन ।
फ्रान्समा अहिले दैनिक ५ हजारको दोब्बरभन्दा बढीले नयाँ संक्रमित थपिने क्रम चलिरहेको छ भने ७ सय ९० भन्दा धेरैको मृत्यु भइरहेको छ ।























