स्वास्थ्य सामग्री खरिद प्रकरण : लेखा समितिले छलफल गर्न स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले आगामी बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । समितिले आगामी बैठकमा कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भनिएको विषयमा छलफल गर्नका लागि स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने भएको हो ।
यस अगाडिका बैठकहरुमा समितिले मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरीकन ओम्नी समूह मार्फत् स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन शुरु गरेको थियो । तर, लामो समय बैठक नबस्दा उक्त विषयमा छलफल हुन सकेको थिएन ।
समितिले अगामी बैठकमा भने स्वास्थ्यमन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी थालेको हो । लामो समयसम्म समितिको बैठक नबस्दा उजुरीको संख्या पनि बढेको बताइएको छ ।























