citizens life insurance long ad
stcnepal long ad

महालक्ष्मी विकास बैंक लि. ले CorporatePAY प्रणाली सञ्चालन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी “CorporatePAY“ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग २०७७ मंङ्सिर २५ गते बिहिबार सम्झौता गरेको छ ।

बैंकले व्यावसायिकग्राहकहरुलाई प्रदानगर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजश्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियल टाइममा भुक्तानी कारोबारहरु गर्न सकिने छ ।

Corporate PAYdf  मा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् । यस पश्चात प्रयोगकर्ताहरु आफैले तोकिएको सिमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् ।

उक्त सिमा भन्दा बढिको कारोबार गर्न बैंकको थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन multi-layer authentication को सुरक्षित व्यवस्था गरिएको छ । त्यसैले कुनै पनि कारोबार प्रविष्ट र अपु्रभ गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताले मात्रगर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ ।
ग्राहकले आवश्यकताअनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनिलिन्क गरी कारोबारगर्न सकिने प्रावधान रहेको छ ।

उक्त सम्झौतापत्रमा महालक्ष्मीविकास बैंक लिमिटेडका का.मु. प्रमुखकार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ । यस प्रणालीको प्रयोगले बैंकको भुक्तानी प्रणालीमा थप सहजताआउने विश्वास बैंकले लिएको छ ।

 

IME Life
kumari