च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड समूह चरणबाटै बाहिरियो
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा जर्मन क्लब आरबी लाइप्जिगसँग ३–२ ले पराजित भएसँगै युनाइटेड समूह चरणबाटै बाहिरिएको हो ।
लाइप्जिगलाई जित दिलाउनको लागि एन्जेलिनो, हैदरा र क्लुइभर्टले गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि अन्तिम समयमा ब्रूनो फेर्नान्डेस र पउल पोग्बाले गोल गरे पनि हार टार्न सकेनन् ।
खेलको सुरू भएको २ मिनेटमै गोल गर्दै लाइप्जिग अग्रता लिएको थियो । एन्जेलिनो गोल गर्दै लाइप्जिगलाई अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि हैदराले गोल गर्दै लाइप्जिगको अग्रता देब्बर बनाए ।
पहिले हाफमा २ गोल गरेको लाइप्जिगले दोस्रो हाफमा १ गोल थप्यो भने २ गोल खायो । खेलेको ६७ औँ मिनेटमा क्लुइभर्टले गोल गर्दै लाइप्जिगलाई ३(० को अग्रता दिलाए ।
८० औँ मिनेटमा फेर्नान्डेस पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडले १ गोल फर्कायो । त्यसको २ मिनेट नबित्दै पोग्बाले गोल गर्दै गरेपछि पनि युनाइटेडको हार टरेन ।
यो समुह ‘एच’ बाट लाइप्जिगसँगै फ्रान्सेली पिएसजी नकआउट चरणमा पुगेको छ । जितपछि लाइप्जिग १२ अंकसहित समूह विजेता बन्यो । ९ अंक रहेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा रहन बाध्य भयो ।
समान ९ अंक नै भए पनि हेड टू हेडका आधारमा पिएसजी दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । युनाइटेड युरोपा लिगमा झरेको हो ।
























