stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न,एक अर्ब ९४ करोड रुपैयाँ मुनाफा वितरण गर्ने प्रस्ताव पारित 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बैंकले आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आह्वान गरेको साधारणसभा  सम्पन्न भएको सिईओ रोशन कुमार न्यौपानेले बताए ।

साधारणसभाबाट गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश बापत कूल एक अर्ब ९४ करोड ३५ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको जनाएको छ ।

बैंकले बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ । आज सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

बैंकले यस पटकको साधारणसभा डिजिटल माध्यमको सहयोगमा सम्पन्न गरिएको जनाएको छ ।

IME Lifesidebar
kumari