stcnepal long ad
ime life insurance
national life
global ime bank long

नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० को उपाधि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । २३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । आज शनिवार राजधानीमा होटल पार्क भिलेजमा हिडन ट्रेजरले आयोजना गरेको सो सौन्दर्य प्रतियोगिता स्वास्थ्य मापदण्ड अनुसार गरिएको थियो ।

ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिका समेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् ।

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वल्र्डको ताज पहिरिनु भएको हो ।

यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।

त्यस्तै सह–उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भइन् ।

नम्रताले यसअघि मिस नेपाल २०१६ मा पनि सहभागिता जनाएकी थिइन् । त्यो बेला उनी शीर्ष पाँचसम्म पुग्न सफल भएकी थिइन् ।

कार्यक्रममा सज्जा चौलागाईंले गायन प्रस्तुति दिइन् । निर्णायक तर्फ शिक्षित भट्ट, टुलिका अग्रवाल, करण वैद्य, मिस नेपाल २०१७ निकिता चाण्डक, डा. पुकार मल्ल, डा .राज राणा, प्रिती सिटौला, सुमन शाक्य, अभिनेत्री स्वस्तिमा खड्का, हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी लगायत थिए ।

IME Lifesidebar
kumari